• Sunday 2nd of August 2026

मध्यपुरथिमि नगरपालिकाकामा सम्पदा संरक्षणलाई उच्च प्राथमिकता


  • गोकर्णेश्वर अनलाइन

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले सम्पदा संरक्षणलाई उच्च प्राथमिकता दिदै शंखधर साख्वाःको पहिचानलाई सधै जीवन्त राख्ने बताउनुभएको छ । शंखधर वचत तथा ऋण सहकारी संस्था लिमिटेड मध्यपुरथिमिको १३ औं वार्षिक साधारण सभालाई बुधबार सम्बोधन गर्दै उहाँले शंखधर चोकमा शंखसहितको शंखधर उद्यान तथा संग्रहालय समेत रहने गरी भवन निर्माण अन्तीम चरणमा पुगेको जानकारी दिनुभयो ।

उहाँले नगरपालिकाद्वारा सञ्चालिन नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना सङ्क्रमित नगरवासीको उपचारमा सहज बनाउन नगरपालिकलो पाँच वटा अक्सिजन मेशिन समेत जडान गरेको,सम्पदा संरक्षणदेखि सबै विकासका कामलाई तीब्रता दिएको बताउनुभयो ।

कार्यक्रममा शंखधर साकोसका अध्यक्ष रामसुन्दर श्रेष्ठले मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका स–साना रकमलाई बचत गर्दैै सरल एवं शुलभ ब्याज दरमा ऋण प्रवाह गर्दै सामाजिक, साँस्कृतिक गतिविधिहरु संस्थाले योगदान दिदै आएको बताउनुभयो ।

संस्थाका सचिव लक्ष्मीभक्त (राजु) श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले जोखिम व्यवस्थापन कार्यदल गठन गरी लकडाउनको समयमा ऋणको ब्याज बुझाउनेलाई ब्याजमा १२ प्रतिशत छुटको ब्यवस्था गरेको र कोषाध्यक्ष रामबहादुर श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आ.व. २०७६÷०७७ सम्ममा संस्थाको शेयर पुँजी ३ करोड ४५ लाख ८७ हजार ८०० पुगेको बताउनुभयो ।

संस्थाका लेखा सुरिवेक्षण समितिका संयोजक रत्नसुन्दर श्रेष्ठले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका पूर्वअध्यक्ष रत्नकृष्ण श्रेष्ठले कोभिड महामारीको बीचमा सरकारले तोकेको मापदण्ड पुरा गरेर सीमित सदस्यको उपस्थितिमा साधारणसभा सम्पन्न गर्न सफल भएको र मानवीय सेवाको गतिविधिलाई अगाडि बढाएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology