• Saturday 25th of July 2026

प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य


  • गोकर्णेश्वर अनलाइन

नेपाली बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन रु ९७ हजार २०० मा कारोवार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु ९६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन बिहीबार रु ९५ हजार ७०० मा कारोवार भएकोमा आज रु एक हजारले वृद्धि भई रु ९६ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला रु ४५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार २१० मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २५५ मा कारोवार भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology