• Sunday 2nd of August 2026

समान स्तरको शिक्षा प्रदान गर्न नीतिगत व्यवस्था गनुपर्ने माग


  • गोकर्णेश्वर अनलाइन

नेपाल बाल सङ्गठनले बालबालिकालाई समान स्तरको शिक्षा प्रदान गर्न नीतिगत व्यवस्था गनुपर्ने माग गरेको छ । सङ्गठनले यहाँ आज पत्रकार सम्मेलन गरी धनी र गरिब वा सबै बालबालिकालाई समान शिक्षा हुने नीति बनएर व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने सरकारसँग माग गरेको हो ।

सङ्गठनले मानसिक तथा शारीरिक आपाङ्गता भएका बालबालिकाका लागि उचित व्यवस्था गर्न सरकार तथा स्थानीय सरकारसँग आग्रहसमेत गरेको छ । सङ्गठनले बालगृहको अवस्था पुनरावलोकन गरी अत्यावश्यक सुधारका साथै बालमैत्री अवधारणाको विकास र आमा, बाबु तथा अभिभावक भएका बालबालिकालाई उनीहरुकै घरमा पुनर्मिलन गराउने तथा व्यवस्था गर्न पहल गर्ने भएको छ ।

सम्मेलनमा अध्यक्ष विद्या उपाध्यायले सङ्गठनले उमेर नाघेका तथा वयस्क भएका गृहमा संरक्षितको अन्यत्र उचित व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो । सङ्गठनले केन्द्रिय स्तरमा अन्र्तराष्ट्रियस्तरको सुविधासम्पन्न बालग्राम निर्माण गर्ने योजना अघि सारेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology