• Sunday 2nd of August 2026

पूर्वसांसद लामाको निधनप्रति दुःख व्यक्त


  • गोकर्णेश्वर अनलाइन

पूर्वसांसद वीरबहादुर लामाको आज बिहान ६६ वर्षको उमेरमा असामयिक निधन भएकोप्रति पूर्वसांसद मञ्चले गहिरो दुःख व्यक्त गरेको छ । मञ्चका सचिव नरबहादुर हमालले आज जारी गरेको प्रेस विज्ञप्तिमा २०५६ सालमा मकवानपुर जिल्ला क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएका लामाको निधनप्रति दुःख व्यक्त गरिएको छ ।

मञ्चका आजीवन सदस्यसमेत रहनुभएको लामाको निधनप्रति दुःख प्रकट गर्दै मञ्चले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै, मञ्चले स्व लामाको परिवारजनप्रति धर्यधारण गर्ने क्षमता प्रदान भनी समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology