• Sunday 2nd of August 2026

भेडीगोठमा पसेर भालुले मा-यो भेडा


  • गोकर्णेश्वर अनलाइन

कनकासुन्दरी गाउँपालिका–२ बिताको लेखमा भालुले बाह्र भेडा मारेको छ । त्यसबाट एकै रातमा रु एक लाख ५० हजारको क्षति भएको छ । गत कात्तिक २९ गते राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी रतिमान रावतले बताउनुभयो ।

लामो समयसम्म भेडा पाल्दै आउनुभएका उहाँले तिहारकै बेला यस्तो दशा आइलागेको गुनासो गर्नुभयो । वर्षाँै दिनको मेहनत एकै दिनमा जाँदा रतिमानको परिवारमा दुःख छाएको छ । रारा राष्ट्रिय निकुञ्जले गर्दा भेडा पाल्नेलाई धेरै घाटा भएको उहाँ बताउनुहुन्छ । निकुञ्जबाट निस्केर भालुले धेरै भेडा मारेको खबर पाउँदा पनि गाउँपालिका भने बेखबर भएको आरोप पनि उहाँले लगाउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology