• Sunday 2nd of August 2026

लागुऔषधसहित दुई पक्राउ


  • गोकर्णेश्वर अनलाइन

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल–११ सृजनानगरका ३२ वर्षीय अशोक गाहा मगर र कास्कीको पोखरा–१५ का १८ वर्षीय रितेश सुनार रहेका छन् ।

जिल्ला जिल्ला प्रहरी कार्यालयका अनुसार शङ्का लागि सोधपुछ गर्ने क्रममा लागुऔषध फेला परेपछि सुनवलको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । सुनवल–१ स्थित पैदलयात्रामा रहेका मगरलाई शङ्का लागि जाँच गर्दा उनको साथबाट नुफिन १४ एम्पुल, डाइजेपाम १४ एम्पुल, फेनारागन १४ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

यसैगरी सुनवल–१२ भूमहीस्थित ग ५ प ७०८३ नम्बरको मोटरसाइकलका चालक सुनारलाई पनि शङ्का लागि जाँच गर्दा नुफिन ३०, डाइजापाम ३०, फेनारागन ३० एम्पुल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सुनवलबाट आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रनाउ लामाले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology