• Sunday 2nd of August 2026

जडिबुटीमा स्थानीयवासीको एकाधिकार माग


  • गोकर्णेश्वर अनलाइन

यहाँका जनताले विकास निर्माणका काम शे–फोक्सुण्डो निकुञ्ज क्षेत्रमा गर्न पाउनुपर्ने र जडिबुटीमा यहाँका जनताको मात्रै एकधिकार हुनुपर्ने लगायतका माग राखेका छन् । कृषि सहकारी तथा श्रोत समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा स्थलगत अध्ययन भ्रमण उप–समितिका सदस्य भवानी प्रसाद खापुङ, भुपेन्द्रबहादुर थापा र राजबहादुर क्षेत्रिको टोलीले जनस्तरतमै पुगेर गरेको अन्तरक्रियामा यहाँका जनताबाट लिएका राय सुझावलाई निकुञ्ज ऐनमा संसोधनका लागि पेशगर्ने, शे–फोक्सुण्डो निकुञ्जको कोर क्षेत्रमै बस्ती भएकाले छुट्टै नियमावली बनाउनुपर्ने लगायतका कुरामा संसदमा सिफारिस गर्ने संसदीय टोलीले गरेको निकुञ्जका प्रमुख सरोजमणी पौडेलले बताउनुभयो ।

उक्त टोलीले त्रिपुरासुन्दरी नगरपालिका, ठुलिभेरी नगरपालिका, शे–फोक्सुण्डो गाउँपालिका जनतासँग निकुञ्जको काम कारवाही र निकुञ्ज क्षेत्रमा गरिने विकाससम्बन्धि बृहत छलफल गरेको थियो ।

निकुञ्ज स्थापना हुनु भन्दाअघिका बस्ती भएकाले गम्भिर रुपमा अध्ययन गरेर मात्रै संसदमा सिफारिस गर्ने समितिकी सभापति सुवेदीले बताउनुभयो । समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले निकुञ्ज क्षेत्रका जनताले कठिन जनवीवन बिताइरहेकाले निकुञ्जका लागि छुट्टै ऐन नियम बनाउन सरकारलाई सुझाव दिने बताउनुभयो ।

निकुञ्ज विश्वकै दुर्लभ वन्यजन्तु हिँउ चितुवा, कस्तुरी, नावर, बहुमूल्य जडिबुटी यार्सागुम्बा, नेपालकै गहिरो फोक्सुण्डो ताललगायतका पक्षबाट विश्वमाझ चिनिएको छ ।

नेपालकै ठुलो उक्त निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको स्थलगत भ्रमण सँगै यहाँका जनताको राय सुझाव लिएर उक्त टोली फर्किएको छ । पछिल्लो समयमा निकुञ्ज क्षेत्रमा गरिने विकास निर्माणका विषयलाई लिएर निकुञ्ज, जनता र स्थानीय तहबीच बढ्दै गएको दूरीका विषयमा स्थलगत अध्ययनका लागि संसदीय टोली यहाँ पुगेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology