• Wednesday 29th of July 2026

डुङ्गा दुर्घटनमा परी कम्तीमा १४ को मृत्यु


  • गोकर्णेश्वर अनलाइन

२९ मङ्सिर (रासस÷एएफपी) त्रिनिदाद र टोबागोका लागि प्रवासी बोकेका एक जहाज दुर्घटना हुदाँ कम्तीमा १४ व्यक्तिको मृत्यु भएको भेनेजुएला सरकारले आइतबार जानकारी दिएको छ ।
भेनुजुएला सरकारले प्रकाशित गरेको एक विज्ञप्तिमा ११ ओटा शव तटीय गार्डले शनिबार दिउँसो फेला पारेको जनाइएको छ । आज पनि दुई वयस्क एक महिलाको शव भेटिएको र यसैसँगै यस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।

त्रिनिदादियन तटरक्षक दलले शनिबार भेनेजुएलाका अधिकारीहरूलाइ भेरेजुएलाको तटीय शहर गुइरियाको नजिकैको पानीमा ११ जनाको लास फेला परेको जनाइएको छ । एक प्रहरीले दिएको प्रतिवेदनअनुसार शवहरु गह्रौं छालबाट आफूलाई बचाउँने क्रममा जोडिएका जस्तो देखिएको छ ।

सन् २०१८ र २०१९ गुरिआबाट त्रिनिदादको खतरनाक यात्राको क्रममा करिब १०० व्यक्ति बेपत्ता भएका जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology