• Sunday 2nd of August 2026

छिन्चुमा शीतगृह सञ्चालनमा


  • गोकर्णेश्वर अनलाइन

सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ छिन्चुमा नारी जागरण बहुउद्देश्यीय कृषक समूहले निर्माण गरेको शीतगृह सञ्चालनमा आएको छ । कर्णाली प्रदेशकै पहिलो सो शीतगृह दुई सय मेट्रिक टन क्षमताको छ । चार ब्लकमा रहेको शीतगृहमा प्रतिब्लक ५०÷५० टन तरकारी तथा बीउ भण्डारण गर्न सकिनेछ । यसको निर्माणमा कृषि विकास निर्देशनालयको रु ७० लाख, भेरीगङ्गा नगरपालिका रु ६५ लाख, साना तथा मझौला आयस्तर वृद्धि परियोजना रु ३९ लाख, नारी जागरण रु २९ लाख, भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय रु १५ लाख र गुर्भाकोट नगरपालिकाको रु पाँच लाख लगानी रहेको छ । शीतगृहको सञ्चालन तथा व्यवस्थापन भने साना किसान कृषि सहकारी संस्था लिमिटेडले गर्ने जनाइएको छ ।

सो कृषक समूहका अध्यक्ष ज्ञानु भुसालले शीतगृह निर्माण भएपछि आलु, तरकारी, फलफूल, बीउबिजन कोहलपुर पु¥याउनुपर्ने बाध्यता हटेको बताउनुभयो । किसानको उत्पादन कुहिएर खेर जाने समस्या अन्त्य भएको उहाँको भनाइ छ । शीतगृह सञ्चालनमा आएलगत्तै ६६३ बोरा अदुवा राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology