• Wednesday 29th of July 2026

अमेरिकी विदेशमन्त्री पोम्पेओ क्वारेन्टाइनमा


  • गोकर्णेश्वर अनलाइन

२ पुुस (रासस÷सिन्ह्वा) : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्वारेन्टाइनमा बस्न लाग्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।कोभिड १९ का संक्रमितसँग सम्पर्क भएपछि उहाँलाई पनि कोभिडको संक्रमण हुनसक्ने आशंकामा उहाँ क्वारेन्टाइनमा बस्नु लाग्नुभएको बताइएको छ ।

उहाँ कोभिड १९ संक्रमितको सम्पर्कमा आएकोले क्वारेन्टाइनमा बस्नुहुने भएको बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– विदेशमन्त्री पोम्पेओ कोही कोभिड १९ संक्रमितको सम्पर्कमा आएको थाहा भएकोले उहाँ क्वारेन्टाइनमा बस्नुहुनेछ र ती संक्रमित व्यक्तिको पहिचान उनको गोपनीयताको अधिकारका कारण भनिएको छैन ।

उहाँको तत्काल गरिएको परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको छ तर पनि सिडीसीको मापदण्डअनुसार कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले उहाँ क्वारेन्टाइनमा बस्नुुपर्ने भएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

उहाँ चिकित्सकको प्रत्यक्ष निगरानीमा रहनुभएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology