• Wednesday 29th of July 2026

काबुलमा कारबम विस्फोट आठको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

५ पुस (रासस ÷एएफपी) : अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

आतङ्ककारीहरुले गरेको आतङ्कमा आफ्ना आठ जना देशवासीको मृत्यु हुनको साथै अन्य १५ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता तारिक अरिआनले बताउनु भएको छ ।

सुरक्षा अधिकारीहरुले राजधानीको पश्चिम भागमा सो कारबम विस्फोस्ट भएको पुष्टि गरेका छन् । एक स्वास्थ्य अधिकारीले पनि यस विस्फोटको पुष्टि गरेका छन् । यस विस्फोटको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology