• Sunday 26th of July 2026

रु ८०० ले ओरालो लाग्यो पहेंलो धातुको मूल्य


  • गोकर्णेश्वर अनलाइन

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा सोमबार कारोवार भएको थियो । यस्तै तेजाबी सुन सोमबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा आज प्रतितोला रु ९३ हजार ६०० मूल्य निर्धारण भएको छ । तेजाबी सुन पनि प्रतितोला रु ८०० ले घटेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३०० मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology