सुदर्शन बजगाई,आशाका किरण समाचार । बुढानिलकण्ठ उपभोक्ता सहकारी संस्था लिको प्रारम्भिक साधारण सभावाट निरन्जन नेपालको अध्यक्षतामा ९ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ । पुस २५ गते कपनको मिलनचोक पार्टी भेन्युमा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलको प्रमुख आतिथ्यतामा भएको प्रारम्भिक साधारणसभाले अध्यक्षमा निरन्जन नेपाल,उपाध्यक्षमा पार्वती अधिकारी भट्टराई,सचीवमा पुरुषोत्तम नेपाल,कोषाध्यक्षमा बेलकुमारी बि क र सदश्य हरुमा मुकुन्द भट्टराई,लक्ष्मण सापकोटा,माधव पौडेल,मिनु रसाइली र ऋषि कुइकेललाई चयन गरेको छ भने लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्ण भट्टराई र सदस्यहरुमा बिस्वबल्लव नेपाल र शान्ति तिवारीलाई चयन गरेको छ ।
