• Saturday 1st of August 2026

४२ वर्षपछि फेवातालको बाँध मर्मत


  • गोकर्णेश्वर अनलाइन

ड्यामसाइडस्थित फेवातालको बाँध जीर्ण भएपछि ४२ वर्षपछि मर्मतसम्भार हुन थालेको छ । विसं २०१८ मा बाँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो ।

शुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्रसङ्घको सहयोगमा पुनःनिर्माण गरिएको थियो । त्यसयता लामो समयसम्म बाँधमर्मत सम्भार हुन नसक्दा जीर्ण हुँदै गएकोले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले मर्मत गर्न लागेको हो । कार्यलय प्रमुख किरण आचार्यले भन्नुभयो, “२०३५ सालमा बाँधको संरचना निर्माणपछि हालसम्म ठूलो किसिमको मर्मत भएको थिएन, पहिला सङ्घले हेर्ने कार्यक्रम प्रदेश मातहतमा आएपछि यसप्रति चासो दिएर मर्मत गर्न लागिएको हो ।”

उहाँका अनुसार ताल सिँचाइ प्रणालीका लागि रु दुई करोड बजेट विनियोजन गरिएको छ । एक करोड बाँध निर्माणको लागि र एक करोड नहरका लागि समुद्र सतहदेखि सात सय ९५।७ मिटरको उचाइमा रहेको बाँधको संरचना २० मिटर उचाइको छ । उक्त बाँधमा अहिले रबर सिल्ड र लन्चिङ एप्रोन राखेर मर्मत गरिनेछ ।

बाँध मर्मतको लागि हाल पानीको सतह एक मिटरको घटाइएको छ, प्राविधिकको सल्लाहअनुसार आवश्यकता हेरेर पानीको सतह घटाउँदै लगिने उहाँको भनाइ छ ।

पानी घटेपछि मरे माछा

बाँध निर्माणका लागि बिना जानकारी फेवातालमा पानीको सतह घटाउँदा माछा मरेको जलारी समुदायले गुनासो गरेका छन् । हर्पन फेवा मत्स्त्य सहकारीका निवर्तमान अध्यक्ष ज्ञानबहादुर जलारीले समयमा सही सूचना नपाउँदा पिँजडामा पालेका माछा मरेको बताउनुभयो । उहाँले भन्नुभयो,“हामीलाई जानकारी नदिइ बाँध निर्माण शुरु भयो, डेढ दुई मिटर पानीको सतह घट्यो । यसले माछाको बासस्थानलाई असर पा¥यो ।” उहाँका अनुसार खपौँदीमा ९२ जलारी परिवारले जीविको पार्जन गर्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology