• Friday 31st of July 2026

चिसो बढेपछि विपन्न परिवारलाई कम्बल वितरण


  • गोकर्णेश्वर अनलाइन

प्रगतिशील युवा समाज र वल्र्डभिजनको सहकार्यमा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । चिसो मौसमलाई ध्यानमा राखी आश्रित बालबालिका र उनका परिवारलाई केही राहात दिने उद्देश्यले जयपृथ्वी नगरपालिकामा २०० र केदास्युँ गाउँपालिकामा २०० लाई कम्बल वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक लवराज जोशीले बताउनुभयो

संस्थाले कोरोना महामारीको समयमा पनि समुदायस्तरमा दाल, चामल, सरसफाइका सामान तथा स्वास्थ्य सामग्री वितरण गरेको थियो । गरीब, दुःखी, एकल महिला, बालबालिकालाई बेलाबेलामा खाद्यान्न, लत्ता कपडा दिएर आफूहरुलाई ठूलो सहयोग पुगेको जयपृथ्वी नगरपालिका भण्डार घर भएकी आलिकुली रोकायाले बताउनुभयो । प्रगतिशील युवा समाज र वल्र्डभिजनको सहकार्यमा स्थानीय तहसँग समन्वय गरेर जोखिममा रहेका बालबालिकाको गुणस्तरीय शिक्षा, संरक्षण र जीविकोपार्जनका क्षेत्रमासमेत संस्थाले काम गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology