• Friday 31st of July 2026

सवारी दुर्घटनामा एकको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

पूर्वपश्चिम राजमार्गको मेचीनगर–१३ स्थित चारआलीमा सवारी दुर्घटना परी ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ ।

शुक्रबार मे११प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे११प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । घाइते आचार्यको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भई उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology