• Wednesday 29th of July 2026

दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको संख्या ९३ हजार भन्दा बढी


  • गोकर्णेश्वर अनलाइन

२५ फागुन ( रासस÷सिन्हवा) : दक्षिण कोरियामा गत २४ घण्टामा थप ४४६ जनामा कोरोना सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ९३ हजार २६३ पुगेको छ । गत आइतबार ३४६ जनामा कोरोना संङ्क्रमण भएको थियो । सोमबार एकै दिनमा एक सय सङ्क्रमित बढी ४४६ मा सङक्रमण देखिएको हो ।

कोरोना शुरु भएयता यहाँँ हालसम्म ८३ हजार ९०० व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ घण्टामा दक्षिण कोरियाका तीन व्यक्तिको मृत्यु भएपछि कुल मृतकको संख्या १ हजार ६४५ पुगेको समाचारमा जनाइएको छ ।गत फेबु्रअरी २६ बाट कोभिड–१९ विरुद्ध खोप शुरु गरिएको छ र हालसम्म ३ लाख ८३ हजार ३४६ जना खोप लगाइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology