• Friday 31st of July 2026

मीना हत्या प्रकरण : चारजनालाई थुनामा राख्न आदेश


  • गोकर्णेश्वर अनलाइन

दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश, ससुरा प्रेम , सासू दुर्गा र उहाँकी बहिनी रम्भा दमाईँलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

गत फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुनसक्ने जनाउँदै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदातलमा जाहेरी दिएको थियो । अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology