• Wednesday 29th of July 2026

अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी बीस लडाकू मारिए


  • गोकर्णेश्वर अनलाइन

२६ चैत (रासस÷सिन्ह्वा) : अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी कम्तीमा २० लडाकू मारिएका छन् । देशको उत्तरी कुन्दुज प्रान्तमा पर्ने इमाम साहिब जिल्लामा भएको घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भएका घटनामा उनीहरुको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता इनामुद्धिन रहमानीले बिहीबार जानकारी दिनुभयो । “इमाम सहिब जिल्लामा भएको घटनामा परी कुल २० तालिबान लडाकूहरु मारिएका छन्,” उहाँले सिन्ह्वासँग भन्नुभयो ।

घटनाका बारेमा तालिवान लडाकूहरुको तर्फबाट भने कुनै प्रतिक्रिया नआएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology