• Friday 31st of July 2026

चट्याङले निसीखोला जलविद्युत् आयोजनामा क्षति


  • गोकर्णेश्वर अनलाइन

चट्याङले लघु जलविद्युत् आयोजनाको प्रसारण लाइनमा क्षति पु-याएपछि बागलुङको निसीखोलामा विद्युत् आपूर्ति बन्द भएको छ । आयोजनाको प्रसारण लाइनमा परेको चट्याङले ३०० घरको वाइरिङमा क्षति पु-याएको छ । निसीखोला गाउँपालिका–२ का ३०० घरमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी गराउनुभयो । “प्रसारण लाइनमा परेको चट्याङले सबै घरको वाइरिङमा क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “यसको पुनःनिर्माण तत्कालै सम्भव छैन ।”

विद्युत् आपूर्ति बन्द भएपछि यहाँका सर्वसाधारणलाई सञ्चारको असुविधा भएको छ । चट्याङका कारणले वडा नं २ मा चार सामान्य घाइते भएका छन् भने केही पशुचौपायको मृत्यु भएको विश्वकर्माले बताउनुभयो । चट्याङले जलविद्युत् आयोजनामा पु-याएको क्षतिको विवरण सङ्कलन भैरहेको विकले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology