• Friday 31st of July 2026

कोरोना संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन


  • गोकर्णेश्वर अनलाइन

कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आज अपराह्न मृत्यु भएको हो ।
कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासि स्वास्थ्यमा देखिएको गम्भीर समस्याका कारण उहाँको निधन भएको उहाँका श्रीमान् मोतीलालले बताउनुभयो ।
कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट २०७० सालको संविधानसभा सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology