• Friday 31st of July 2026

कोरोना सङ्क्रमण फैलिन नदिन कैदीबन्दीसँग भेट्न रोक


  • गोकर्णेश्वर अनलाइन

कोभिड १९ सङ्क्रमण तिब्र गतिमा फैलिन थालेपछि सिरहा कारागार प्रशासनले कैदी र बन्दीसँगको भेटघाटमा रोक लगाएको छ ।

कारागार बाहिरबाट आएका व्यक्तिहरुसँगको भेटघाट र दिने सामाग्रीहरुबाट सङ्क्रमण फैलिन सक्ने भन्दै तत्कालका लागि भेटघाटमा रोक लगाएको कारागार प्रशासनले जनाएको छ ।

जिल्लामा दिनप्रतिदिन कोरोना सङ्क्रमण बढ्दै गएकाले भेट्न आउने कैदीबन्दीको आफ्न्तको माध्यमबाट कारागारभित्र पनि सङ्क्रमण फैलन सक्ने भएकाले तत्काललाई भेटघाटमा रोक लगाइएको कारारगार प्रमुख बबिता महतोले जानकारी दिनुभयो ।

भेटघाट बन्दसँगै बाहिरबाट ल्याउने कैदीबन्दीलाई समेत भित्र ल्याउन रोक लगाइएको कारागार प्रमुम महतोले बताउनुभयो । बाहिरी जिल्लाबाट गम्भीर प्रकृतिका बिरामी भएको बाहेक अन्य कैदीबन्दी नपठाउन आग्रह गरिएको प्रमुख महतोको भनाइ छ । जिल्ला अदालतबाट ल्याइएका कैदीबन्दीको पनि कोरोना परीक्षणपछि मात्र राख्ने र हरेक नयाँ कैदी बन्दीलाई १५ दिन छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको छ ।

अघिल्लो कोरोना कालमा सावधानी नअपनाउँदा कारागारका अधिकांश कैदीबन्दीमा सङ्क्रमण फैलिएको थियो । कुल १५ महिला र १३५ पुरुष कैदीबन्दी राख्ने क्षमताको सिरहा कारागारमा हाल २३ महिला सहित ५५५ पुरुष र आश्रित तीन बालबालिका छन् ।

१२ किलो गाँजासहित तीन युवक पक्राउ

गाँजासहित प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका ११ बाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले १२ किलोग्राम लागुऔषध गाँजासहित धनगढीमाई नगरपालिका १३ निवासी २१ वर्षीय राकेश यादव, २१ वर्षीय सुनिल यादव र २० वर्षीय सञ्जय यादवलाई पक्राउ गरेको हो ।

प्रहरीले धनगढीमाई नगरपालिका–११ श्रमजिवी जाने बाटोमा मोटरसाइकल जाँच गर्ने क्रममा दुबै मोटरसाइकलमा सवार तीनै जनाको साथबाट गाँजा बरामद् भएकाले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहान सिरहाका प्रहरी नायब उपरिक्षक डा. तपनकुमार दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology