• Wednesday 29th of July 2026

गिनीको सुन खानीमा खसेको पहिरोका कारण १५ जनाको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

कोनाक्री, २६ बैशाख (रासस–सिन्ह्वा) – पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तरपूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
रेडक्रसका स्थानीय अधिकारीहरुले खानीभित्र अरु मानिस पनि पुरिएको हुन सक्ने बताएका छन् ।
पहाडको माथिल्लो भागबाट शुरु भएको पहिरो खानीमाथि खसेको थियो । पहिरोका कारण खानी भित्र कार्यरत मजदूरहरु थुनिएका वा माथिबाट ढुङ्गाले लागेको हो भन्ने यकिन हुन नसकेको अधिकारीहरुको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology