• Thursday 30th of July 2026

करेन्ट लागेर कर्मचारीको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका कर्मचारी ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । नगरपालिका–८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागि भूइँमा लड्दा उनको टाउकामा गम्भीर चोट लागेको थियो ।

बिर्तामोड नगरपालिका–४ स्थित जात्रुबाडी बस्ने घाइते भट्टराईको उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड पु-याउने बित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology