• Monday 27th of July 2026

खैरहनीमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन


  • गोकर्णेश्वर अनलाइन

पूर्वी चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०७७÷७८ मा आन्तरिक स्रोतबाट लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको छ । गतवर्ष रु १० करोड ११ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य भन्दा १९ प्रतिशत बढी राजस्व सङ्कलन भएको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले जानकारी दिनुभयो ।

गतवर्ष रु १२ करोड चार लाख ९६ हजार राजस्व सङ्कलन भएको हो । यो राजस्व असुली अघिल्लो आर्थिक वर्ष २०७६÷७७ भन्दा एक प्रतिशत बढी हो । यस नगरपालिकाले सबैभन्दा धेरै घरजग्गा रजिष्टे«शनबाट राजस्व सङ्कलन गरेको छ । सो शीर्षकबाट रु तीन करोड ९७ लाख २९ हजार सङ्कलन भएको हो ।

त्यस्तै अन्य संस्थागत आन्तरिक अनुदानबाट रु दुई करोड ९१ लाख २६ हजार, घर बहाल करबाट रु दुई करोड ३२ लाख, एकीकृत सम्पत्ती करबाट रु एक करोड ८० लाख ७१ हजार सङ्कलन गरेको नगर प्रमुख चौधरीले बताउनुभयो ।

यसैगरी अन्य दस्तुरबाट रु एक करोड १३ लाख ५७ हजार, सिफारिस दस्तुरबाट रु ७६ लाख ५० हजार, नक्शापास दस्तुरबाट रु ३३ लाख ६२ हजार, भूमिकर÷मालपोतबाट रु १२ लाख ८२ हजार, पर्यटन शुल्कबाट रु एक लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ ।

खैरहनी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि राजस्व सङ्कलनमा वृद्धि हँुदै गएको थियो । जनप्रतिनिधि निर्वाचित भएको वर्ष रु एक करोड मात्र आन्तरिक स्रोतबाट राजस्व सङ्कलन भएको थियो । उद्योग, व्यवसायलाई करको दायरामा ल्याएपछि विस्तारै राजस्व सङ्कलनमा पनि वृिद्ध भएको नगर प्रमुख चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो,“स्थानीय तहलाई आफ्नै आम्दानीबाट खर्च गर्न सक्ने बनाउनुपर्छ । अन्य स्रोतबाट कम राजस्व प्राप्त भएमा आफ्नै आम्दानीले खर्च गर्न सकिन्छ ।” राजस्व सङ्कलन वृिद्ध हुनुमा उद्योगी, व्यवसायी, नगरवासी, राजनीतिक दललगायत सबैको सहयोग रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology