• Tuesday 28th of July 2026

तालिवान आक्रमणपछि ८० भन्दा बढी अफगान सिपाहीहरू उज्वेकिस्तानमा


  • गोकर्णेश्वर अनलाइन

तालिवान समूहले देशका २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिएको बताइरहँदा अफगानिस्तानको सिमा क्षेत्रमा तैनाद् ८४ अफगान सैनिकले अफगान–उज्वेकिस्तान सीमा पार गरी स्थानीइ प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले आइतबार जानकारी गराएको छ ।

“अगस्त १४ मा ८४ जना अफगान सरकारी सैनिकको एउटा समूहले सीमा पार गरको र उनीहरूलाई राज्य सुरक्षा सेवाका सीमा फौजका एकाइहरूद्वारा पक्राउ गरिएको बताइएको छ ।

सीमा उल्लङ्घन गरी उज्वेकिस्तान पुगेका अफगान सैनिकलाई पक्राउ गर्दा उनीहरूबाट कुनै प्रतिरोध नभएको मन्त्रालयले बताएको छ । उनीहरूमध्ये तीन सिपाही घाइते रहेका र उनीहरूलाई उपचारको व्यवस्था गरिएको रूसी सञ्चार संस्था स्पुत्निकले मन्त्रालयलका अधिकारीलाई उद्धृत गरी समाचार लेखेको छ ।

सिपाहीहरूलाई उज्वेकिस्तान सरकारद्वारा चिकित्सा सहायता, खाना र अस्थायी आश्रय दिएको बताइएको छ ।

रूसी समाचार संस्थाका अनुसार अफगानिस्तानको उत्तरमा रहेको एक मात्र प्रान्त बल्खको राजधानी बल्ख तालिबानको नियन्त्रणमा आएपछि देशकोे सम्पूर्ण उत्तरी क्षेत्र लडाकूहरूको नियन्त्रणमा आएको छ ।

तालिबानले अफगानिस्तानको चौथो ठूलो शहर मजार–आई–शरिफलाई आफ्नो नियन्त्रणमा लिएपछि उत्तरमा सरकारको नियन्त्रण गुमेको हो । खामा प्रेसका अनुसार मार्शल अब्दुल राशिद डोस्टम र “प्रमुख ‘जिहाद नेता’ अट्टा मुहम्मद नूरको प्रभाव क्षेत्र रहेको मजार–आई–शरिफ आफ्ना लडाकू र छोराहरूसँगै उज्बेकिस्तान भागेपछि उक्त क्षेत्रमा सरकार कमजोर भएको मानिएको थियो । अट्टा नूरले मजार–ए–शरीफमा सैनिक पतन एउटा षड्यन्त्र भएको र यसको उद्देश्य आफैलाई पक्राउ गरी आफू र मार्शल डोस्टमलाई आत्मसमर्पण गराउनु रहेको दावी उज्वेकिस्तानबाट गर्नुभएको छ ।

यसैबीच तालिवानले प्रान्तीय कार्यालय, प्रहरी मुख्यालय; राष्ट्रिय सुरक्षा निर्देशनालय (एनडिएस) स्थानीय कार्यालय र २०९ औँ शाहीन चिहान क्षेत्र आफ्नो लडाकूको कब्जामा आएको दाबी गरेको छ ।

विदेशी सेनाको पूर्ण फिर्ता भएको केही हप्ताभित्रै तालिबानले अफगान सेना र नागरिकहरू विरुद्ध आफ्नो आक्रामक हमलालाई तीव्र बनाउँदा अफगानिस्तानमा हिंसाग्रस्त अवस्था देखिरहेको छ । तालिबान समूह अहिले देशको केन्द्रीय राजधानी काबुल नजिकै पुगिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology