• Thursday 30th of July 2026

फरार दुई अभियुक्त १५ दिनपछि पक्राउ


  • गोकर्णेश्वर अनलाइन

मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित आकृति हार्डवेयरमा नगदसहित चोरी गरेको आरोपमा फरार दुई अभियुक्तलाई प्रहरीले १५ दिनपछि पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–३२ पेप्सिकोला बस्ने पवित्रा भुसालले सानोठिमीमा सञ्चालन गरेको हार्डवेयर पसलबाट यही साउन १५ गते रु एक लाख नगद र रु ३५ हजारकोे नेपाल बैंकको चेक चोरी गरी फरार दुई अभियुक्तलाई महानगरीय प्रहरी वृत्त ठिमीले आज पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा मोरङ विरेन्द्रनगर नपा‐ ३ घर भई हाल काठमाडौँ कपन बस्ने ५१ वर्षीय राजु तामाङ र सिन्धुपाल्चोक भोटेकोशी नपा‐ ६ घर भई हाल काठमाडौँ कपन मै बस्ने ४२ वर्षीय छिरिङ शेर्पा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology