• Wednesday 29th of July 2026

‘नून बिक्री वितरणमा निजी क्षेत्रको संलग्नता हुनु आवश्यक छैन’


  • गोकर्णेश्वर अनलाइन

‘आयोडिनयुक्त नून बिक्रीवितरणमा निजी क्षेत्रको संलग्नता गराउन आवश्यक छैन’ भन्ने बुँदालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगाडि बढाउने भएको छ ।

अघिल्लो सरकारले नीति तथा कार्यक्रममार्फत नूनको बिक्रीवितरणमा निजी क्षेत्रलाई संलग्न गराउने बुँदा सार्वजनिक गरेको थियो । मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले भन्नुभयो, “मन्त्रालयले नून बिक्रीवितरणका क्षेत्रमा निजी क्षेत्रको संलग्नता हुन आवश्यक छैन भन्ने कुरालाई अगाडि बढाएको छ, नून बिक्रीवितरणमा साल्टटे«डिङ कर्पाेरेशन लिमिटेडको भूमिका एवं काम नै सर्वाेत्कृष्ट छ ।”

कर्पाेरेशनको ५९आँै वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै सञ्चालक समितिका सदस्यसमेत रहनुभएका उहाँले आयोडिनयुक्त नूनलाई सबै ग्रामीण जनताको पहुँचमा पु¥याउन तथा कोभिड–१९का महामारीमा पनि दैनिक उपभोग्य वस्तुलाई सर्वसुलभ रुपमा घरघर पु¥याउन कर्पाेरेशनको भूमिका सहरानीय रहेको बताउनुभयो ।

नेपालमा पहिलो पटक सार्वजानिक निजी साझेदारीमा विसं २०२० भदौ २७ मा स्थापित कर्पाेरेशनले दैनिक उपभोग्य वस्तु दाल, चाम, नून, मैदा पिठो, चिनी, मसला, खाने तेललगायत ग्यास, रासायनिक मल तथा गहुँको बीउ बिक्रीवितरण गर्दै आएको छ ।

सरकारले अहिलेसम्म नूनको बिक्रीवितरणको जिम्मा कर्पाेरेशनलाई मात्र दिएको छ । त्रीयानब्बे साल्ट कार्यालय र छ हजार डिलरमार्फत कर्पाेरेशनले आयो, शक्ति, तेज र भानु चार प्रकारका नूनको पहुँच सबै जनताको भान्सासम्म पु¥याएको जनाएको छ । कर्पाेरेशका अनुसार १० महिनालाई पुग्ने नून मौज्दात छ ।

स्वास्थ्य मन्त्रालयको सर्वेक्षणअनुसार अहिले आयोडिनयुक्त नूनको पहुँच ९८ प्रतिशत जनतामा पुगेको छ भने आयोडिनको कमीले हुने समस्या लगभग सम्बोधन समेत भएको छ । कार्यक्रममा कर्पाेरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले गुणस्तरीय दैनिक उपभोग्य बस्तुलाई सहज, सरल रुपमा कर्पाेरेशनले जनता समक्ष पु¥याइराखेको जनाउँदै महामारीका समयमा ‘जहाँ अप्ठ्यारो त्यहाँ साल्टटे«डिङ कर्पाेरेशन ’भन्ने नारालाई प्रमाणित गरेको बताउनुभयो ।

कर्पाेरेशनका कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन कर्पाेरेशन चनाखो रहेको जनाउँदै महामारीका समयमा उपभोक्ताका घरघरमा मागअनुसार अत्यावश्यक बस्तु सुलभ रुपमा प्रदान गरिएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “कर्पाेरेशनले रासायनिक मलको समस्या लगभग समाधान गरेको छ । ”

पुरस्कार तथा सम्मान

सो अवसरमा विसं २०७७ र विसं २०७८ को ‘बालहितकारी पुरस्कार’ क्रमशः ग्रामीण जीवन सुधार मञ्चद्वारा सञ्चालित हाम्रो घर हेटौडा र नवीकरण अनाथ असहाय बाल उत्थान समाज धापाखेल ललितपुरलाई प्रदान गरिएको थियो । सो पुरस्कारको राशि रु ७५ हजारसहित ताम्रपत्र छ ।

यसैगरी विसं २०७७ ‘हेमबहादुर मल्ल उत्कृष्ठ सेवा पुरस्कार’ कर्पाेरेशनमा सेवारत जुग्नु भट्टचन, सुजन महर्जन, बमबहादुर बस्नेत तथा विसं २०७८ को सो पुरस्कार सम्झना श्रेष्ठ, निर्मल तामाङ र कुलप्रसाद रिजाललाई अर्पण गरिएको थियो । सो पुरस्कारको राशि रु ३० हजारसहित सम्मानपत्र छ ।

विसं २०७७ को ‘ईश्वरलाल श्रेष्ठ उत्कृष्ठ सेवा पुरस्कार’ कर्पाेरेशनमा कार्यरत कृष्णकुमार खड्का, सन्तोष सिग्देल र नारायणप्रसाद पौडेल तथा विसं २०७८को सो पुरस्कार प्रज्वलमान प्रधान, चन्द्रदत्त ढकाल र हरिराम रोक्कालाई प्रदान गरिएको थियो । सो पुरस्कारको राशि रु ३५ हजारसहित सम्मानपत्र छ ।

सो अवसरमा विसं २०७७ र विसं २०७८ को ‘साल्ट टे«डिङ अनङमान शेरचन छात्रवृत्ति’ क्रमशः रञ्जन झा र शङ्कर परियार तथा विसं २०७७ को साल्ट टे«डिङ लोकनाथ जोशी छात्रवृत्ति क्रमशः सुजल मिश्र र निकिता ओझालाई प्रदान गरिएको थियो । यसैगरी कर्पाेरेशनमा २० भन्दा बढी सेवा गरेका १२ कर्मचारीलाई कदरपत्रसमेत प्रदान गरिएको थियो । रु तीन हजारका दरले दुई वर्षसम्म प्रदान गरिने जनाइएको छ ।

यसरी कदरपत्र पाउनेमा टुलेश्वरप्रसाद यादव (प्रबन्धक), अनुप श्रेष्ठ(प्रबन्धक), रश्मी श्रेष्ठ(प्रबन्धक), बैद्यनाथ साह (अधिकृत), सुजन महर्जन (अधिकृत), हरिराम रोक्का कार्यालय सहयोगी हुनुहुन्छ । यसैगरी राधेश्याम चौधरी(प्रबन्धक), सुरेश राजभण्डारी (सहायक प्रबन्धक), वासुदेव उपाध्याय (सहायक प्रबन्धक), जीतेन्द्रकुमार साह (अधिकृत), घुरन मण्डल (प्रमुख सहायक) र शत्रुध्नप्रसाद साह(प्रमुख सहायक) हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology