• Monday 27th of July 2026

उत्तर कोरियाद्धारा क्षेप्यास्त्र परीक्षण


  • गोकर्णेश्वर अनलाइन

३० भदौ (रासस÷एएनआई) : उत्तर कोरियाले बुधबार दिउसो दुई क्षेप्यास्त्र परीक्षण गरेको छ । देशको पूर्वी समून्द्रमा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाका उच्च अधिकारीहरुले जानकारी दिएका छन् ।

उत्तर कोरियाको मध्य भागबाट क्षेप्यास्त्र प्रहार भएको पनि बताइएको छ । दक्षिण कोरियाको समाचार संस्था योन्हापले श्रोतलाई उल्लेख गर्दै सम्प्रेषण गरेको समाचारमा क्षेप्यास्त्र परीक्षणका प्रारम्भिक विवरणहरु मात्रै उल्लेख छन् ।

अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले पनि क्षेप्यास्त्र परीक्षणका बारेमा थप सूचना संकलन भइरहेको जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology