• Monday 27th of July 2026

भारतमा थप २६ हजार सङ्क्रमित, २५२ को मृत्यु


  • गोकर्णेश्वर अनलाइन

५ असोज (रासस÷एएनआई) : भारतमा कोरोनाभाइरसबाट थप २६ हजार सङ्क्रमित भएका छन् ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २६ हजार ११५ जना नयाँ सङ्क्रमित थपिएका जनाएको छ ।
योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३५ लाख चार हजार ५३४ पुगेको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी पछिल्लो एक दिनमा मृत्यु भएकाहरुको सङ्ख्या भने २५२ रहेको छ । योसँगै कुल मृतकको सङ्ख्या चार लाख ४५ हजार ३८५ पुगेको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने तीन लाख नौ हजार ५७५ देखिएको छ । यो सङ्ख्या १८४ दिनपछिकै सवैभन्दा कम भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो एक दिनमा ३४ हजार ४६९ जना सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology