• Monday 3rd of August 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी शैक्षिक योजना सार्वजनिक गरेको छ । विजया दशमीको अवसरमा प्रतिष्ठानद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आगामी...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक योजना सार्वजनिक

पाँचथरको हिलिहाङ ६ जोरपोखरी बस्ने योगराज राईको नागरिकताको प्रमाणपत्र हराएको एक वर्ष भयो । गत वर्ष काठमाडौँको कोटेश्वरमा पकेटमारले आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र सहितको...

सबै कागजात उपलब्ध गराउँदा पनि नारिकता दिइएनपाँचथरको हिलिहाङ ६ जोरपोखरी बस्ने योगराज राईको नागरिकताको प्रमाणपत्र हराएको एक वर्ष भयो । गत वर्ष काठमाडौँको कोटेश्वरमा पकेटमारले आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र सहितको पर्स चोरेको उहाँले बताउनुभयो ।सक्कल नागरिकताको प्रति हराएपछि प्रतिलिपि बनाउनका लागि जिल्ला प्रशासन कार्यालय धाएको एक हप्ता बित्दा पनि उहाँले प्रतिलिपि पाउनुभएन । प्रतिलिपिका लागि पुरानै नागरिकताको प्रतिलिपि, अनुसूचिबमोजिम भरेको फाराम, बसाइँसराइँको प्रमाणपत्र,मतदाता परिचयपत्र, वडा कार्यालयको सिफारिस,छोराको नागरिकताको प्रतिलिपि ,श्रीमतीको नागरिकताको प्रतिलिपि र भोजपुर जिल्लाको अभिलेख डढेर नष्ट भएको जानकारीपत्र सहितको नागरिकता लिन आवेदन गर्दा पनि आफूलाई उक्त कार्यालयले नागरिकता दिन नमानेको राईको गुनासो थियो । भोजपुर जिल्लाबाट पाँचथरमा बसाइँसराइँ गरेर आउनुभएका उहाँले आफ्नो वा श्रीमतीको नाममा जग्गाको रजिष्ट्रेशन गराउनु्पर्नेमा नगरेका कारण उहाँको नागरिकता रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा गुरागाईले भन्नुभयो,“ उहाँले आफू सरकारी जग्गा हडपेर बसिरहेको तर कार्यालयमा आफ्नो वा श्रीमतीको नाममा रहेको जग्गाको धनीपुर्जा ल्याउन भन्दापनि सक्नुभएन् त्यसैकारण प्रतिलिपि नदिइएको हो ।” राईको नागरिकता भोजपुर जिल्ला प्रशासन कार्यालयले ०४६ साल असार ६ मा बनाइदिएको थियो । उहाँ ०५६ सालमा पाँचथरमा बसाइँसराइँ गर्नुभएको बसाइँसराइँको पत्र भने ०६६ साल चैत्र १० गते मात्रै ल्याउनुभएको थियो । उहाँकै नागरिकताबाट श्रीमतीको ०६९ साल फागुन २४ गते छोरा अनिलको ०७५ साल वैशाख १३ गते नागरिकता बनाइएको थियो । यतिका प्रमाण हुँदा पनि प्रशासनले नागरिकता बनाइ नदिँदा आफूलाई दुःख लागेको गुनासो गर्दै राईले भन्नुभयो,“ जिल्ला प्रशासनले नागरिकता दिएनभने अदालतको ढोका ढकढक्याउन पनि पछि पर्दिन् ।” गैर सरकारी संस्था महासङघ प्रदेश १ का सहसचिव बालकृष्ण ओझाले पनि यतिका धेरै आधार भएर पनि जिल्ला प्रशासनले राईको नागरिकताको प्रतिलिपि नबनाउनु दुखद भएकाले अविलम्व बनाइदिन आग्रह गर्नुभयो ।  https://www.youtube.com/watch?v=Ff6YG4XBbcM

चाडपर्वको समयमा महँगो भाडा तिरेर हवाई यात्रा गर्न बाध्य जुम्ली नागरिकले सीता एयरले सहुलियत उडान भरेसँगै राहतको महसुस गर्न थालेका छन् । सीता एयरले...

दशैँमा सीता एयरको सहुलियत उडान

पर्वत जिल्ला अस्पतालमा उपकरणको सहायताबाट अक्सिजन प्लान्ट बनाइ अक्सिजन उत्पादन गर्न थालिएको छ । बुधवारदेखि अक्सिजन उत्पादन गर्न थालिएकाले अक्सिजनको अभावमा अस्पतालबाट बिरामीलाई अन्यत्र...

पर्वत जिल्ला अस्पतालमा अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन शुरु

यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र छपाइ गरेको छ । विगतमा झण्डै आठ÷नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी रहेकामा अहिले त्यो...

चैतयता छापियो १० लाख चालक अनुमतिपत्र

राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ ।...

कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था

सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपालनमार्फत स्वरोजगार बन्नका लागि ७८ हजार युवाले आवेदन गरेका छन् । कोरोनाबाट प्रभावित तथा रोजगारी गुमाइ स्वदेश फर्किएका करिब नौ हजार...

सुदूरपश्चिम प्रदेश : स्वरोजगारका लागि ७८ हजारको आवेदन

शिक्षा विकास तथा समन्वय इकाइले ४६ विद्यार्थीलाई वैदेशिक रोजगार तथा द्वन्द्व पीडित छात्रवृत्ति प्रदान गरेको छ । एकाइले नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने १८...

शिक्षा विकास तथा समन्वय इकाइद्वारा छयालिस विद्यार्थीलाई छात्रवृत्ति

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले दशैं भत्ता बापतको रु ३२ हजार व्यास नगरपालिकाकाको कोभिड कोषमा जम्मा हुने गरी प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम...

जनप्रतिनिधिको दशैं भत्ता कोभिड कोषमा

प्रदेश नं २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत...

सार्वजनिक सवारीसाधनबाट  ठगिँदै यात्रु
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology