• Friday 24th of July 2026

मुख्यमन्त्री राई– छठ शुभकामना


  • गोकर्णेश्वर अनलाइन

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले छठ पर्व– २०७६ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदिबहीनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले हाम्रो समाजमा मनाउने गरिएका विभिन्न चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै हाम्रो धरोहरका रुपमा रहेका चाडपर्व बहुमूल्य सांस्कृतिक सम्पदासमेत हुन् भन्नुभयो । मुख्यमन्त्री राईद्वारा जारी सन्देशमा भनिएको छ, “यो पर्वले नेपालका सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी विकास र समृद्ध पथमा संलग्न हुने प्रेरणा मिल्ने छ । ”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology