• Saturday 29th of February 2020
Gokarneshwor Online

Advertisment

SKIP THIS

मालीको सैन्य कार्यालयमा आक्रमण : ५३ सैनिकको मृत्यु


  • गोकर्णेश्वर अनलाइन
  • शनि, कार्तिक १६, २०७६

१६ कात्तिक (रासस÷एएफपी) : मालीको एउटा सैनिक कार्यालयमा शुक्रबार भएको आक्रमणमा परी ५३ जना सैनिकको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा भएको यस आक्रमणलाई सरकारी अधिकारीहरुले आतङ्कवादी हमला भनेका छन् । इस्लामिक लडाकूहरुले गराएको हिंसा मध्ये यो पछिल्ला हिंसाहरु मध्येको ठूलो भएको पनि अधिकारीहरुको भनाई छ । आक्रमणमा परी एक जना सर्वसाधारणको पनि मृत्यु भएको जनाइएको छ । नाइजरसँगको सिमानामा पर्ने मेनका क्षेत्रको इन्डेलिमानमा रहेको सैनिक कार्यालयमा आक्रमण भएको देशका सञ्चार मन्त्री याया सान्गारेले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिनुभएको छ । “अहिले अवस्था नियन्त्रणमै छ, शव संकलन गरेर पहिचान गर्ने काम भइरहेको छ,” उहाँले लेख्नुभएको छ ।

आक्रमण र क्षतिको पूर्ण विवरण भने आइनसकेको उहाँले बताउनुभयो । घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रमा अल कायदाआबद्ध जिहादीहरुको प्रभाव बढी रहेको मानिन्छ । फ्रान्स नेतृत्वको सैन्य अभियानले जिहादीविरुद्ध सुरक्षा कारबाही चलाएको थियो । तर हिंसा अन्त्य भने हुन सकेको छैन ।

प्रतिक्रिया
© copyright 2020 and all right reserved to gokerneshwor online Site By : SobizTrend Technology