• Tuesday 8th of September 2026

सुनको मूल्यमा सामान्य गिरावट


  • गोकर्णेश्वर अनलाइन

पछिल्लो साता केही उकालो लागेको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला रु ७१ हजारमा खरिदबिक्री भएको थियो । यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २०० ले घटेको छ । महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ५०० निर्धारण गरेको छ । सोमबार तेजाबी सुन प्रतितोला रु ७० हजार ७०० मा खरिदबिक्री भएको थियो । यसैगरी चाँदीको मुल्यमा पनि प्रतितोला रु ५ घटेको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला रु ८६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology