• Friday 24th of July 2026

सरकारको निर्देशन समयमै पालना गर्न आग्रह


  • गोकर्णेश्वर अनलाइन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शुल्क समायोजन गरी कार्यान्वयनका लागि सरकारले दिएको निर्देशन निर्धारित समयभित्र कार्यान्वयन गर्न आग्रह गरेको छ । अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले संयुक्त रुपमा आज जारी गरेको प्रेस विज्ञप्तिमा निर्धारित १५ दिनको समयभित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेशन खारेज गर्न, अध्ययनरत विद्यार्थीको व्यवस्थापन गर्न, निर्धारितभन्दा बढी शुल्क लिने कलेज सञ्चालकलाई गिरफ्तार गरी कारवाही अगाडि बढाउन सरकारलाई आग्रह गरिएको छ । निरन्तर खबरदारी र दबाब दिँदा पनि मेडिकल कलेजले सहमति कार्यान्वयन नगरे अनेरास्ववियु कडा आन्दोलनमा उत्रिने विज्ञप्तिमा उल्लेख छ ।

युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि गरिएको दमनको भत्र्सना गर्दै शान्तिपूर्ण आन्दोलन र धर्नामा रहेका विद्यार्थीलाई होस्टलमा बस्ने र जीवनको सुरक्षाको प्रबन्ध मिलाउन कलेज प्रशासनलाई अनेरास्ववियुले आग्रह गरेको छ । मेडिकल शिक्षाको क्षेत्रमा देखिएका विसङ्गति, शुल्क, छात्रवृत्तिलगायतका समस्यामा विषयमा अनेरास्ववियुको पटकपटकको ध्यानाकर्षणपछि मेडिकल सञ्चालन, विश्वविद्यालय र सरकारसँग विभिन्न सहमति र समझौत भएको थियो । तर मेडिकल कलेजले उक्त सम्झौताको प्रभावकारी कार्यान्वयन गरेका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology