• Friday 28th of February 2020
Gokarneshwor Online

Advertisment

SKIP THIS

भब्य कार्यक्रमका साथ भेनस कलेजको खेलकुद सप्ताह सुरु


  • गोकर्णेश्वर अनलाइन
  • आइत, माघ २६, २०७६

सुदर्शन बजगाई,आशाका किरण समाचार । जोरपाटीको बेसीगाउँमा रहेको भेनस कलेजले खेलकुद सप्ताह सुरु गरेको छ । भेनस कलेजले आज एक भब्य कार्यक्रमका साथ खेलकुद सप्ताह सुरु गरेको हो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यता र कलेजका अध्यक्ष पेमाछिरी शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा भेनस स्कुलका प्रधानाध्यापक नेत्र दाहालले स्वागत मन्तब्य राख्दै उपस्थित विद्यार्थी र अतिथिलाई स्वागत गरेका थिए ।  

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख कृष्ण गौतमले ओलम्पिक फरम्याटमा संचालन हुने खेल सप्ताहले विद्यार्थीमा रहेको खेल कौशल उजागर हुने र रास्ट्रलाई कुशल खेलाडी उत्पादनमा मद्धत पुग्ने धारणा ब्यक्त गरेका थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी सन्तोष चालिसे एक वर्षमा ५-६ वटा भन्दा बढी कार्यक्रम गरेर भेनसले आफुलाई गोकर्णेश्वर नगरको अब्बल शैक्षिक संस्थाको रुपमा प्रमाणित गरेको र खेल क्षेत्रको विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए । एक साता चल्ने खेलसप्ताहमा बिद्यार्थीले विभिन्न बिधामा प्रतिस्पर्धा गर्ने र त्यसबाट श्रेष्ठता हासिल गर्ने भेनसका अध्यक्ष पेमाछिरी शेर्पाले बताए । विनितराज अर्यालले संचालन गरेको कार्यक्रममा विभिन्न स्कुलका प्रधानाध्यापक,संघ संस्थाका प्रतिनिधि र पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

यो पनी हेर्नुहोस् :

प्रतिक्रिया
© copyright 2020 and all right reserved to gokerneshwor online Site By : SobizTrend Technology