• Friday 28th of February 2020
Gokarneshwor Online

Advertisment

SKIP THIS

शिवरात्रीमा नेपाल स्काउटले पशुपतिमा १००० स्काउट परिचालन गर्ने


  • गोकर्णेश्वर अनलाइन
  • बुध, माघ २९, २०७६

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल स्काउटले हिन्दुहरुको महान पर्व महाशिवरात्रीमा १००० स्वयम् सेवक परिचालन गर्ने भएको छ । उपत्यकामा रहेका रोभर रेन्जर र स्काउट मास्टरलाई पाशुपत क्षेत्रमा शिवरात्रीमा भिड ब्यवस्थापन र दर्शनार्थीलाई सहज ढंगबाट पशुपतिको दर्शन गर्ने वातावरण सिर्जना गर्न नेपाल स्काउट केन्द्रले यसपटकबाट केन्द्रले नेतृत्व गर्न लागेको स्काउटका तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले बताए ।

पशुपति क्षेत्र विकास कोषको विशेष आग्रहमा राष्ट्रिय प्रथामिकताको पर्वमा राखेर नेपाल स्काउट केन्द्रले ब्यवस्थापन गर्न लागिएको र नेपाल स्काउटले १६ वर्ष माथिका स्काउटहरुलाईमात्र सहभागी गराउन लागिएको भण्डारीले बताए ।आज नेपाल स्काउटको सभाहलमा भएको कार्यक्रममा उपत्यकाका विभिन्न क्र्यु र जिल्लाको पदाधिकारीको तयारी भेलाले १००० स्काउट परिचालन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
© copyright 2020 and all right reserved to gokerneshwor online Site By : SobizTrend Technology