• Thursday 9th of April 2020

खेल विकासमा प्रशस्त लगानी भएको छ : मन्त्री थापा


  • गोकर्णेश्वर अनलाइन
  • शनि, फाल्गुन ३, २०७६

गृहमन्त्री रामबहादुर थापाले सरकारले समग्र विकाससँगै खेल क्षेत्रमा प्रशस्त लगानी गरेको जानकारी दिनुभएको छ । मकवानपुरको वाग्मती गाउँपालिकामा आयोजित तेस्रो गोल्डकपको उद्घाटन गर्दै उहाँले राजनीतिक परिवर्तनसँगै देशले खेल क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको बताउनुभयो । “हालै सम्पन्न दक्षिण एशियाली खेलकूद प्रतियोगितामा हासिल नतिजा यसक्षेत्रको प्रगतिको ज्वलन्त नमूना बनेको छ ।” गृहमन्त्री थापाले भन्नुभयो उहाँले खेलकूद स्वास्थ्य, अनुशासन, सद्भाव वृद्धिका लागि महत्वपूर्ण रहेकोे र खेलकूदलाई व्यावसायिक बनाउनसकिएमा यही माध्यमबाट विकास र समृद्धिको अभियान शुरु गर्न सकिने उल्लेख गर्नुभयो । मन्त्री थापाले १८ वर्षअघि आफू तत्कालीन फापरबारी गाविस रहेको वाग्मतीमा आएको र आज १८ वर्षपछि आउँदा विकास र रहन सहनमा थुप्रै परिवर्तन पाएको बताउनुभयो । गृह मन्त्रालयले वाग्मतीमा इलाका प्रशासन कार्यालय स्थापनाको पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
© copyright 2020 and all right reserved to gokerneshwor online Site By : SobizTrend Technology