• Thursday 9th of April 2020

मछिन्द्र क्लबले त्रिभुवन आर्मीलाई १ – ० गोलले पराजित् गर्दै जित्यो सहिद स्मारक ए डिभिजन लिगको उपाधी(भिडियो)


  • गोकर्णेश्वर अनलाइन
  • शनि, फाल्गुन ३, २०७६

सुदर्शन बजगाई,आशाका किरण समाचार । त्रभुवन आर्मी क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलको ३३ औं मिनेटमा उपहार पाएको गोलले नै मच्छिन्द्रलाई यो संस्करणको च्याम्पियन बनायो । आर्मीका विकास तामाङले गरेको आत्मघाती गोलले च्याम्पियन बनेको मच्छिन्द्रले पहिलो पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेको हो । फ्रिकिक हेडबाट क्लियर गर्ने क्रममा विकासले आफ्नै पोष्टमा गोल गरे । उनले रञ्जित धिमालको फ्रिकिक क्लियर गर्न खोजेका थिए । उनको त्यही गल्तिले आर्मी इतिहास बनाउनबाट चुक्यो । आजको खेलमा आर्मीले बराबरी मात्रै गर्न सकेको भएपनि लिग उपाधि जित्ने अवस्थामा थियो । लिगभरी दुबै टोलीले समान प्रदर्शनमा गरेको भएपनि गत सिजन अन्तिम २ मा रहेका कारण मच्छिन्द्रको यो सिजन एक अंक ऋण बोकेको थियो । त्यसैको फाइदा आर्मीले उठाउन नसक्दा उपाधिबाट चुक्यो ।

 

उपाधि विजेता मच्छिन्द्रले १३ खेलमा ३१ अंक जोड्न सफल रह्यो । दोस्रो स्थानमा रहेको आर्मीले २९ अंकमा चित्त बुझायो । मच्छिन्द्रले १० मा जित, २ मा बराबरी र १ खेलमा हार निकाल्दा आर्मीले ९ मा जित २ मा बराबरी र २ खेलमा हारतको नतिजा निकालेको थियो । लिगमा मनाङ मस्र्याङ्दी क्बलले २८ अंक जोड्दै तेस्रो स्थान बनायो । २६ अंकका साथ थ्रीस्टार चौथो, २० अंकका साथ नेपाल पुलिस क्लब पाँचौ र १९ अंकका साथ जाउलाखेल युथ क्लब छैटौँ स्थानमा रह्यो । शीर्ष ६ टोलीले आगामी वैशाखमा राष्ट्रिय लिग खेल्न पाउनेछन् । सरस्वती युथ क्लब भने बी डिभिजनमा घटुवा भएको छ । १३ खेलमा उसले ४ अंक मात्रै जोड्न सक्यो ।

प्रतिक्रिया
© copyright 2020 and all right reserved to gokerneshwor online Site By : SobizTrend Technology