बागलुङको गलकोट नगरपालिका–५ टेउवामा आयोजित अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा भारतका मूर्तिकार टुटु पटानायकले सिर्जना गरेको कलाकृति । यही फागुन ५ गतेदेखि २१ गतेसम्म सञ्चालित कार्यशालामा ११ देशका १५ मूर्तिकार सहभागी थिए भने मूर्तिकारले ढुङ्गामा कुँदेका कलात्मक मूर्तिलाई खुला सङ्ग्रहालय बनाएर प्रतिस्थापन गरिने छ । तस्वीर : रामबहादुर थापा, रासस
