• Saturday 25th of July 2026

धान र तरकारीको बीउ वितरण हुने


  • गोकर्णेश्वर अनलाइन

गोदावरी नगरपालिकाले नगरक्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ बिक्री वितरण गर्ने भएको छ । कोभिड–१९को जोखिम हुन नदिन जारी बन्दाबन्दीले बीउ खरिद गर्ने वातावरण नरहँदा नरपालिकाले सो सहयोगको योजना अघि बढाएको हो । नगरवासीलाई सहयोगस्वरुप केही राहत पुगोस् भनी बीउबिजनको व्यवस्था गरिदिन लागेको वडा नं ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले बीउबिजन आवश्यक पर्ने नगरवासीलाई नागरिकता र जग्गाधनी प्रमाणपत्र फोटोकपीको साथमा निवेदन लिएर आउन आह्वान गरेका छौं ।” बीउ जोहो गर्ने समय भइसकेको छ । यहाँका जनताले बीउ खरिदको चिन्ता लिएसँगै समस्या समाधान गर्न बीउ खरिद गरी बाँड्ने नगरपालिका कृषि शाखा प्रमुख बेदनाथ पन्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले बीउबिजन सङ्घ र कृषि सामग्री लिमिटेडबाट ताइचिन, खुमल ४ र खुमल १० नामक बीउ ल्याई वितरण गर्ने मनसाय बनाएका छाँै ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology