• Friday 24th of July 2026

नारायणटारमा काठमाडौंको पुर्वी भेगकै ठूलो तरकारी तथा फलफुल बजार खुल्दै:स्टल बुकिङ खुल्ला


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ चामुण्डा स्कुल पछाडी काठमाडौंको उत्तरपुर्वी भेगकै ठुलो तरकारी फलफुल तथा खाद्य बजार खुल्ने भएको छ ।

नारायण्टार तरकारी तथा फलफुल खाद्य बजारमा पहिलो चरणमा १२० वटा स्टल र सटरहरुबाट सेवा सुचारु हुन लागेको हो ।

किसानले बजार प्राप्त गरुन् र उपभोक्ताले समेत सुपथ र सस्तो मुल्यमा ताजा तरकारी फलफुल र खाद्य उपभोग गर्न पाउन भन्ने उद्देश्यले पुर्वी भेगकै ठूलो तरकारी बजार संचालन गर्न लागेको प्रोप्राईटर लिलामणी खतिवडाले गोकर्णेश्वर अनलाइनलाई बताए ।

कृषकले राम्रो मूल्य पाउन् र उपभोक्ताले समेत ताजा फलफूल र तरकारी सुपथ मुल्यमा पाउन् भन्ने उद्देश्यबाट अभिप्रेरित भएर तरकारी बजार संचालनमा ल्याउन लागेको लिलामणी खतिवडाले बताए ।

जोरपाटीको घनत्व बढी रहेको र जोरपाटीको सबै ठाउँलाई पायक पर्ने स्थानमा नारायण्टार तरकारी तथा फलफुल खाद्य बजार रहेकोले समेत तरकारी बजारले चाँडै उपभोक्ताको मन जित्नेमा खतिवडा बिस्वस्त छन् । स्टल बुकिङ समेत खुल्ला भएको खतिवडाले बताउनु भयो ।

स्टल बुकिङ गरेर व्यवसाय संचालन गर्न चाहनेले ९८४१३७३२३४ र ९८४३१९१५९१ मा सम्पर्क गर्न सक्नेछन् ।

तरकारी बजार जेठ १ गतेबाट संचालना ल्याउने तयारी रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology