• Monday 27th of July 2026

साना व्यवसायका लागि जापानद्वारा २ खर्ब ७९ अर्ब डलरको व्यवस्था


  • गोकर्णेश्वर अनलाइन

टोकियो, ९ जेठ (रासस–एएफपी) –– जापानको केन्द्रीय बैंकले कोरोनाभाइरसबाट ठूलो क्षति व्यहोर्न बाध्य जापानका साना व्यवसायीका लागि २ खर्ब ७९ अर्ब डलरको ऋण व्यवस्था गरेको छ । जापान अहिले विश्वमै तेस्रो ठूलो अर्थव्यवस्था भएको मुलुक हो । बैंक अफ जापानले यसअघि पनि साना तथा मझौला उद्योग व्यवसायका लागि सहुलियत दरमा ठूलो परिमाणको ऋण व्यवस्था गरेको थियो । कोरोनाभाइरसबाट विश्व अर्थतन्त्रमा ठूलो क्षति पुग्नु अघि नै जापानी अर्थव्यवस्था प्राकृतिक प्रकोप र उपभोग्य वस्तुमा बढाइएको करबाट निकै ठूलो संकटमा थियो ।

सोमबार प्रकाशित आर्थिक विवरणमा सन् २०१५ को पहिलो चौमासिक अवधिमै जापानको अर्थतन्त्र मन्दीमा रहेको देखिएको छ । जापानी अर्थशास्त्रीहरुले जापानको अर्थव्यवस्थामा अझै ठूलो संकट आउने अनुमान गरेका छन् । गत महिना जापानको केन्द्रीय बैंकले अर्थतन्त्रलाई गतिशील तुल्याउन तथा कोरोनाभाइरसका कारण सिर्जित समस्या सुल्झाउन नयाँ मौद्रिक नीति अघि सारेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology