• Saturday 25th of July 2026

अनुदानमा बीउ वितरण


  • गोकर्णेश्वर अनलाइन

बर्दियाको बाँसगढी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई धानको बीउँ वितरण शुरु गरेको छ । बीउ राख्ने समयमा किसानलाई उन्नत जातको बीउको वितरण गरिएको कृषि शाखा प्रमुख लालबहादुर खड्काले जानकारी दिनुभयो । सामाजिक दूरी कायम गरी वडा नं ७ बाट वितरण शुरु गरेको छ । बाँसगढी नगरपालिकाको वडा नं १ र ९ मा भने स्थानीय कृषि सहकारी संस्था तथा कृषक समूहमार्फत वितरण गरिनेछ ।

सो शाखाको आर्थिक वर्ष २०७६÷७७ को वार्षिकको स्वीकृत कार्यक्रमअनुसार १२७ क्विन्टल बीउ वितरण गर्ने लक्ष्य रहेको जनाइएको छ । बर्दियामा ६० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology