• Monday 27th of July 2026

कोरोना अपडेटः विश्वभर संक्रमितको संख्या ७९ लाख पुग्यो, मृतकको संख्या ४ लाख ३२ हजार


  • गोकर्णेश्वर अनलाइन

वासिङ्टन, ३२ जेठ (रासस–एएफपी) –– महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ७८ लाख ८५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने चार लाख ३२ हजारभन्दा बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख ३२ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ४ हजार २२९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology