सुदर्शन बजगाई,आशाका किरण मिडिया । नेकपा गोकर्णेश्वर नगर कमिटीले गोकर्णेश्वर नगर कमिटिलाई ज्ञापन पत्र बुझाएको छ । आसन्न निति तथा कार्यक्रममा जनतालाई प्रत्यक्ष सरोकार राख्ने विषयमा गोकर्णेश्वर नगर संगठनले अध्यक्ष उद्धव बिस्टको नेतृत्वमा ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख सन्तोष चालिसेले नेकपाले बुझाएको सुझाव ग्रहण गर्दै अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा नेकपा प्रदेश कमिटी सदश्य शान्ती श्रेष्ठ , नेकपा जिल्ला कमिटी सदस्य पुण्यप्रसाद चौलागाईं ,हरिकृष्ण श्रेष्ठ, टि.आर नेपाल, तारा पुडासैनी, बिमल अर्याल र नेकपा नगर कमिटी सचिव मानबहादुर लामा र गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरे लगाएतको उपस्थिति रहेको थियो । हेर्नुस यस्तो छ नेकपाले बुझाएको ज्ञापनपत्र :


