• Friday 24th of July 2026

नेकपा गोकर्णेश्वर अध्यक्षमाथी आफ्नै पार्टीलाई चुनाव हराएको आरोप : नेकपाका अध्यक्षले भने मानहानी गर्ने प्रयास भयो,म मानहानी मुद्धा हाल्छु


  • गोकर्णेश्वर अनलाइन
सुदर्शन बजगाई,आशाका किरण मिडिया । नेकपा गोकर्णेश्वर नगर कमिटीका अध्यक्ष उद्धव बिस्टमाथी आफ्नै पार्टीलाई स्थानीय निकायको चुनाब हराएको आरोप लागेको छ । स्थानिय श्याम श्रेष्ठले सामाजिक संजालमा आरोप लगाएका हुन् । आरोप लगाएपछि आशाका किरण मिडियाले विस्टसंग बुझ्दा अबैध ढंगले वासिङ संचालन गरेको र त्यसको कुरा उठाउँदा आफुलाई आरोप लगाएको बताए । हेर्नुस् उनीमाथी लागेको आरोपको स्क्रीन सट जस्ताको त्यस्तै :
सतहमा यो अन्तरघातको आरोप लागेपछि लहरो तान्दा पहरो आउने निस्चित भएको छ । तात्कालिन नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार पुण्यप्रसाद चौलागाईंलाई अन्तरघात गरेरे चुनाब हराउने मान्छे अब क्रमगत रुपमा जनता सामु नांगिने निस्चित प्राय छ । गम्भीर आरोप लागेपछि नैतिकताको आधारमा नेकपा गोकर्णेश्वर नगर कमिटिका अध्यक्ष उद्धव बिस्टले राजिनामा दिन्छन् की दिदैनन्  त्यो भने हेर्न बाँकी छ । नेकपा गोकर्णेश्वर बृतमा चुनाब हराउनेलाईनै पार्टीको जिम्मा दिने नेतृत्वमाथी समेत जनताले प्रश्न उठाउन थालेका छन् । बिस्ट यस अघीनै स्थानीय तहमा बालुवाको गा बि स अध्यक्ष हुँदा अनियमितता गरेको आरोपमा पार्टीबाट स्पस्टिकरण सोधिएका ब्यक्ती हुन् । अब तात्कालिन नेकपा एमालेलाई स्थानिय चुनाब हराउने सबैको निन्द्रा हराउने निश्चित प्राय छ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology