• Monday 27th of July 2026

कोभिड–१९ बाट विश्वभर एक करोड २६ लाखभन्दा बढी सङ्क्रमित, पाँच लाख ६३ हजारको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

विश्वभर कोभिड–१९ बाट विश्वभर एक करोड २६ लाखभन्दा बढी सङ्क्रमितभएका र पाँच लाख ६३ हजारभन्दा बढीको शनिबारसम्म मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयद्वारा सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । उक्त विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभर ७३ लाख कोरोना भाइरस सङ्क्रमित निको भई घर फर्किसकेका छन् भने ४७ लाख व्यक्ति अझै पनि सङ्क्रमित रहेका छन् ।

अमेरिकामा २४ घण्टामा ६३ हजार ६४३ सङ्क्रमित

विश्वमै सवैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा विगत २४ घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै ६३ हजार ६४३ पुगेको जोन हकिन्स विश्वविद्यालयद्वारा सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ । योसँगै अमेरिकामा शनिबारसम्म सङ्क्रमितको सङ्ख्या ३२ लाख ९१ हजार ७८६ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा अमेरिकामा कोभिड–१९ सङ्क्रमित ७७४ जनाको मृत्यु भएको छ । अहिलेसम्म एक लाख ३६ हजार ६७१ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको अमेरिकी स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन् । त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको ब्राजिलमा १८ लाख चार हजार ३३८ जना सङ्क्रमित भएका छन् भने ब्राजिलमा कोरोनाका कारण ७० हजार ५२४ जनाको मृत्यु भएको छ ।

सङ्क्रमणका दृष्टिकोणले अमेरिका र ब्राजिलपछि बढी सङ्क्रमित भारतमा भएका छन् । भारतमा आठ लाख २२ हजार ६७४ व्यक्ति सङ्क्रमित भएकोमा ६२ प्रतिशतभन्दा बढी निको भई घर फर्किएका भारतको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । भारतमा शनिबारसम्ममा २२ हजार १५२ जनाको मृत्यु भएको छ । त्यसपछि बढी सङ्क्रमण पुष्टि भएका मुलुकहरू, रूसमा (सङ्क्रमित सात लाख २० हजार ५४७ र मृत्यु ११ हजार २०५), पेरू (सङ्क्रमित तीन लाख १९ हजार ६४६ र मृत्यु ११ हजार ५००), चिली (सङ्क्रमित तीन लाख ९ हजार २७४ र मृत्यु छ हजार ७८१) र स्पेनमा (सङ्क्रमित तीन लाख ९८८ र मृत्यु २८ हजार ४०८) रहेको छ । अन्य बढी प्रभावित मुलुकहरूमा इटली, फ्रान्स, बेलायत, इरान र पाकिस्तानलगायत रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology