• Saturday 25th of July 2026

कृषकलाई हाते ट्रयाक्टर वितरण


  • गोकर्णेश्वर अनलाइन

पुतलीबजार नगरपालिकाले कृषलाई हाते ट्रयाक्टर वितरण गरेको छ । आधुनिक प्रकारका कृषि यन्त्रको प्रयोग गरेर कृषि क्षेत्रमा उत्पादन बढाउने उद्देश्यले नगरपालिकाले अनुदानमा ५० हाते ट्रयाक्टर वितरण गरेको हो । नगर प्रमुख सीमा क्षत्रीले आधुनिक उपकरणको प्रयोग गरेर कृषि क्षेत्रमा काम गर्न सहजता मिलोस् भन्ने उद्देश्यले अनुदानमा ट्रयाक्टर वितरण गरिएको बताउनुभयो ।

नगरपालिकका निमित्त प्रमुख प्रशासकीय प्रमुख ताराचन्द्र ढकालका अनुसार नगरपालिकाका १४ वटै वडाका व्यावसायिक रुपमा कृषि पेशामा लाग्ने किसानलाई समेट्ने गरी ८५ प्रतिशत अनुदानमा ट्रयाक्टर वितरण गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology