• Saturday 25th of July 2026

५० प्रतिशत कम फल्यो जुम्ली स्याउ


  • गोकर्णेश्वर अनलाइन

गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि चिन्तित छन् । वर्षभरि दुःख गर्दा पनि स्याउ नफल्दा १० जनाको परिवार कसरी पाल्ने भन्ने पिरलो हुन थालेको तिला गाउँपालिका – १ राराका स्याउ किसान महेन्द्र बुढाले बताउनुभयो । कृषि विकास कार्यालयका जुम्लाका अनुुसार जिल्लाका १६ हजार घरपरिवारले स्याउखेती गर्दै आएका छन् । स्याउ रोपिएको जमीनमा अन्न उत्पादन हँुदैन ।

“यस पटक न किसानसँग स्याउ छ, न त खाने अन्न । असिना पानी, खडेरी र कालो तुषारोले स्याउ सखाप पारिदियो”, वरिष्ठ स्याउ किसान रामसिंह रावलले बताउनुभयो । गत वर्ष जिल्लामा स्याउबाटै रु ३४ करोड आम्दानी भएकामा यस वर्ष असिनापानी र कालो तुषारोले ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । पाँच वर्ष अघिदेखि स्याउको बीमा शुरु भए पनि जिल्लाभर एक हजार २४७ जनाले मात्रै स्याउको बीमा गरेको शिखर बिमा कम्पनी शाखा जुम्लाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology